Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

डेविड शंकरद्वारा रियालिटी शोमा भोटिङ्ग र बालप्रतिभाको भावना माथिको खेलवाड बारे तीव्र असन्तुष्टि प्रकट

Reporter

काठमाडौं –चर्चित गायक तथा संगीतकर्मी डेविड शंकरले नेपाली रियालिटी शोहरूमा भोटिङ प्रणालीमार्फत भइरहेको विकृति, बालप्रतिभाको भावना माथिको खेलवाड र आर्थिक अपारदर्शितामाथि गम्भीर आरोप लगाउँदै तीव्र असन्तुष्टि प्रकट गर्नुभएको छ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमार्फत शंकरले आफ्नै अनुभवका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो। उहाँ अघिल्लो सिजनको एक रियालिटी शोमा निर्णायकको भूमिकामा रहनुभएको थियो। सोही अनुभव सुनाउँदै उहाँले ती कार्यक्रमहरूमा वास्तविक प्रतिभाको न्यायपूर्ण मूल्याङ्कन नभइ व्यापारिक स्वार्थका लागि बालबालिकाको सपना र भावना प्रयोग गरिएको बताउनुभयो।

“म आफैँ एक रियालिटी शोको निर्णायक भएर बसेको व्यक्ति हुँ,” उहाँले भन्नुभयो, “तर भित्रको प्रणाली हेर्दा मलाई लाज लाग्यो – जहाँ पैसा, लोकप्रियता र नेटवर्कको खेलले वास्तविक प्रतिभाको ठाउँ लिँदै थियो।”

उहाँका अनुसार शोको भोटिङ प्रणाली पूर्ण रूपमा अनियन्त्रित थियो, जसले प्रतिभाको आधारमा होइन, आर्थिक तथा सामाजिक पहुँचका आधारमा विजेता चयन गरिने अवस्था सिर्जना गरेको थियो। उहाँले शोका संचालकहरूले दर्शकको भावना बेचेर भोट संकलन गर्ने प्रवृत्तिलाई “गम्भीर सांस्कृतिक अपराध” भनेका छन्।

शंकरले यसअघि शोभित्र भोटिङ प्रणालीको विरोध गर्दै आफैले सुधारको प्रयास गरेको उल्लेख गर्दै भन्नुभयो, “मैले भोटिङ प्रक्रिया रोक्न खोज्दा पनि सुनुवाइ भएन। भोटको नाममा बालबालिकाको सपना बेचिन्थ्यो – यो म देखेर चुप बस्न सक्दिन।”

उहाँले थप खुलासा गर्नुभयो कि निर्णायक भएर काम गरेको झण्डै १०–११ महिनासम्म पनि आफूले पारिश्रमिक नपाएको अवस्था रहेको छ। कलाकारको श्रमप्रति सम्मान नहुनु र आर्थिक लेनदेनमा पारदर्शिता नहुनु कार्यक्रमको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको उहाँको धारणा छ।

शंकरको यो सार्वजनिक अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। धेरैजसो दर्शक, अभिभावक तथा कलाकारहरूले उनको भनाइको समर्थन जनाउँदै यस्ता रियालिटी शोहरूमा आमूल सुधारको माग गरेका छन्।

डेविड शंकरले अन्त्यमा यस्ता कार्यक्रमहरू केवल व्यापारिक लाभका लागि होइन, सिर्जनात्मकता, पारदर्शिता र प्रतिभाको वास्तविक सम्मानका लागि सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको