Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

पीएसजीलाई ३-० ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि हात पार्यो

Reporter

फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ।

आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो। चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो। पीएसजीले पाएको सिमित अवसरमा पनि गोलरक्षक रोबर्ट सान्चेज बाधक बने।

पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए। उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक जियानलुइजी डोनारुममा बिट भए । ३० औं मिनेटमा पाल्मरले पहिलो गोलजस्तै मुभमा फिनिस गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्याए।

४३ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए। यसपटक पाल्मरले दिएको पासलाई पेड्रोले चिप गर्दै फिनिस गरे।

दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो। जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए।

चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको