Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

स्पेन गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन: गृहसचिव दुवाडी र महानिरीक्षक थापालाई जिम्मेवारी

Reporter

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको सूची र केही कागजात समेत मिडिया मार्फत सार्वजनिक गराएकी थिइन्।

त्यस विषयमा समेत अनुसन्धान गर्न गृहमन्त्रीले लेखकले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको टोली बाहेकका व्यक्तिहरू स्पेनको कार्यक्रममा सहभागी भएका हुन् कि होइनन्। को को कसरी गए? उनीहरूले भिसालगायतका प्रक्रियाको मार्फत कसरी मिलाए? यी विषयमा अनुसन्धान गर्न भनिएको छ’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ।  अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको