विराटनगर- ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा सम्पन्न “मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” को ग्राण्ड फिनाले विराटनगर–११, पञ्चाली रोडस्थित कञ्चनजंघा प्यालेसमा अत्यन्तै भव्य तथा सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाले गर्नुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा राष्ट्रिय गायक सपन श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको थियो, जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
प्रमुख विजेता तथा उपविजेता
प्रतियोगिताको महिला तर्फ इशिका श्रेष्ठ र पुरुष तर्फ इमोन श्रेष्ठ मुख्य उपाधिका विजेता बन्न सफल भए।
उपविजेताको रूपमा नन्दनी मण्डल र प्रणिश कुमार खत्रीले उपाधि प्राप्त गरे।
आयोजक चोइस अवार्ड खुसी सोनीलाई प्रदान गरियो।
भोटिङ स्टारको रूपमा भूमि श्रेष्ठ र इमोन श्रेष्ठ तथा
भ्युअर्स चोइस अवार्ड इशिका श्रेष्ठ र इमोन श्रेष्ठलाई प्रदान गरियो।
सब-टाइटल तथा विशेष अवार्डहरू
-
इशिका श्रेष्ठ – मिस क्युपिड फोटोजेनिक, मिस फ्ललेस
-
इमोन श्रेष्ठ – मिस्टर क्युपिड फोटोजेनिक, मोस्ट फोकस्ड
-
दिया विश्वस र एम.डी. शोएब अन्सारी – मोस्ट डिसिप्लिन्ड
-
नन्दनी मण्डल – मिस ट्यालेन्ट
-
प्रणिश कुमार खत्री – मिस्टर ट्यालेन्ट
-
भूमि श्रेष्ठ – मिस ब्युटीफुल, बेस्ट वाक
-
योबिन मगर – बेस्ट वाक, मिस्टर ह्यान्डसम
-
स्मिता चौहान र प्रणिश कुमार खत्री – मोस्ट कन्फिडेन्ट
-
परियंशा बस्नेत – मोस्ट चार्मिङ
-
आदर्श राई – बेस्ट फिजिक
-
बिध्या सुनुवार – बेस्ट पर्सनालिटी
-
नन्दनी मण्डल र ब्रह्मदेव यादव – बेस्ट मोडल
-
खुसी सोनी – मोस्ट इन्टेलेक्चुअल
निर्णायक मण्डल
प्रतियोगिता निष्पक्ष र पारदर्शी बनाउन प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको भूमिकामा थिए:
-
निलम पौडेल – मेकअप आर्टिस्ट, मोडल तथा ट्रान्स एक्टिभिस्ट
-
अर्शु महार्जन – मिस्टर सगरमाथा २०१७, फेसन कोरियोग्राफर
-
सोनिया गुप्ता चौधरी – जनकी पोलिट्याङ्ककी सञ्चालिका
-
रोनक अग्रवाल – ताज इभेन्ट्स नेपालका प्रबन्ध निर्देशक
-
सोनिया चाम्लिङ राई – मिसेस इंडिजिनस २०२४, सामाजिक अभियन्ता
सांगीतिक तथा नृत्यात्मक प्रस्तुति
कार्यक्रममा अतिथि कलाकारहरू:
-
जितेश सिंह (गायक)
-
प्रज्ञान तामाङ (गायिका)
-
लाप्साङ तामाङ र सुसान्त शाह (नर्तकहरू)
व्यवस्थापन टोली
कार्यक्रमको सफल व्यवस्थापनका लागि निम्न व्यक्तिहरूको योगदान उल्लेखनीय रह्यो:
-
बिन्द्र प्रजापति – आधिकारिक फोटोग्राफर तथा कोषाध्यक्ष
-
उमेश कटुवाल – सल्लाहकार
-
सबिन खड्का – आईटी प्रमुख
-
प्रतिक्ष्या डंगोल – कार्यक्रम सञ्चालिका
-
सुजल परीयाल – कार्यक्रम संयोजक
-
उमेश खड्का – फेसन कोरियोग्राफर
-
मञ्जरी तामाङ – प्रशिक्षण संयोजक
-
नितेश कुमार सिंह – मार्केटिङ प्रमुख
-
श्रीही गुरुङ – स्टेज संयोजक
-
शिखा विश्वकर्मा – स्वयंसेवक संयोजक
-
स्वयंसेवकहरू – अस्मिता कार्की, एलेक्स केसी, खुश्बु साहानी, रेश्मी साहानी, गुन्जन बास्कोटा
प्राविधिक पक्ष
-
फोटोग्राफी – क्युपिड फोटो स्टुडियो (बिन्द्र प्रजापति)
-
भिडियोग्राफी – धिरेन शाह
-
मेकअप टीम – सन्ध्या घिमिरे, कला गुरुङ, प्रतिभा घिमिरे, पूजा विश्वकर्मा, ऋतिका घिमिरे, दीपिका लिम्बु

