Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको निधन

Reporter

अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार शनिबार राति करिब ९ बजे भारी वर्षा भइरहेको बेला दुर्घटना भएको लुइजियाना राज्य प्रहरीले जनाएको छ । यादवले चलाइरहेको सन् २०१० को होन्डा एकर्ड कार युएस हाइवे ८० मा पूर्वतर्फ गइरहेको थियो । अचानक नियन्त्रण गुमाउँदा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको र त्यसलगत्तै गाडीमा आगो लागेको थियो ।

कारमा सवार अन्य दुई जना विद्यार्थी भने घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अहिलेसम्म मृतक विद्यार्थीहरूको नेपालको स्थायी ठेगाना खुल्न सकेको छैन, यद्यपि उनीहरू दुवै नेपाली नागरिक भएको पुष्टि भएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

विश्वविद्यालयद्वारा शोक व्यक्त
यस दुःखद घटनापछि लुइजियाना टेक विश्वविद्यालयले गहिरो शोक व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको निधनप्रति दुःख व्यक्त गरेका छन् र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष हेन्डरसनले विश्वविद्यालय परिवारका लागि यो अत्यन्तै दुःखको घडी भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामीले हेरचाहलाई हाम्रो मूल्यवान आदर्शको रूपमा अँगालेका छौं । सधैं एकअर्काको ख्याल गरिरहनुहोस् ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको