Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

‘यो सरकारलाई गिनिज बुकमा भ्रष्टाचारी सरकारको रूपमा नाम दर्ता गरिनुपर्छ:शाही

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान सरकारलाई “भ्रष्टाचारीहरूको सरकार” भन्दै गिनिज बुकमा नाम लेखाउनुपर्ने टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद् भ्रष्टाचारको अखडा बनेको आरोप लगाए।

‘पहिलेदेखि एउटा भनाइ चलिरहेको छ।  ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, अब भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानु,’ उनले कटाक्ष गरे, ‘खुलमखुला मन्त्री क्वार्टरमै गएर पैसा बुझाइएको छ, अनि राजीनामा दिएपछि स्वीकृत हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन बनाइएको हो? उसले के गरिरहेको छ?’

सांसद शाहीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामा मात्रै पर्याप्त नरहेको उल्लेख गर्दै तुरुन्त पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरे।

‘राजीनामाले मात्रै कुरा टुंगिँदैन, तत्काल पक्राउ गरेर छानबिन गरिनुपर्छ,’ उनले भने, ‘यो सरकारलाई गिनिज बुकमा भ्रष्टाचारी सरकारको रूपमा नाम दर्ता गरिनुपर्छ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको