Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

कार्यक्रम व्यवस्थापन संघ र तेज आई केयरबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Reporter

काठमाडौं- कार्यक्रम व्यवस्थापन संघ, नेपाल र तेज आई केयर एण्ड हेल्थ सपोर्ट सेन्टरबीच आँखा स्वास्थ्यसम्बन्धी सेवा र सुविधा प्रवाहका लागि पारस्परिक सहकार्यसम्बन्धी सम्झौता भएको छ। तेज आई केयर,काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार, तेज आई केयरले संघका सक्रिय सदस्यहरूलाई आँखा सम्बन्धी जाँच, परामर्श, उपचार, औषधि तथा उपकरण खरिदमा विशेष छुट प्रदान गर्नेछ। आकस्मिक अवस्थामा प्राथमिक उपचार तथा ओरियन्टेशन सेवा समेत निःशुल्क रुपमा प्रदान गरिनेछ।

संघका अध्यक्ष राजेन्द्र लुईटेल (राज) र तेज आई केयरकी कार्यकारी निर्देशक डा. सुशिला मल्लले सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए। सो सम्झौता समारोहमा संघका महासचिव सोनीतराज ढुंगेल र डा. तेजसु सिंह मल्ल लगायत विभिन्न व्यतिmत्वहरुको उपस्थित रहेको थियो।

सम्झौता २०८२ साल श्रावण १ गतेदेखि लागू भई प्रारम्भिक दुई वर्षसम्म कार्यान्वयनमा रहनेछ। प्रत्येक वर्ष समीक्षा गरी आवश्यक परिमार्जन तथा नविकरण गरिने उल्लेख छ।

संघका अध्यक्ष लुईटेलले यो सम्झौताबाट संघका सयौं सदस्यहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा संघले थप सशक्त कदम चालेको बताए। डा.सुशिला मल्लले म स्यवं पनि संघको वरिष्ठ सल्लाहकार भएकाले संघका सम्पूर्ण सदस्यहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

सम्झौता मार्फत संघले आफ्ना सदस्यहरूलाई सुलभ, गुणस्तरीय र व्यवस्थित आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य लिएको छ भने तेज आई केयरले सेवा विस्तार, ब्रान्ड सुदृढीकरण र नियमित ग्राहक निर्माणको अवसर प्राप्त गर्ने अपेक्षा लिएको छ।

नेत्र स्वास्थ्य सेवामा समर्पित उत्कृष्ट गन्तव्य तेज आई केयर एण्ड हेल्थ सपोर्ट सेन्टर

स्वास्थ्य सेवाको गुणस्तरीयता, सहज पहुँच र मानवीय संवेदनशीलताको सशक्त समायोजन गर्दै अघि बढिरहेको तेज आई केयर एण्ड हेल्थ सपोर्ट सेन्टर आजका दिनमा आँखासम्बन्धी उपचार सेवाको भरपर्दो र विश्वासिलो केन्द्रको रूपमा स्थापित भइसकेको छ। हाल कोटेश्वर बालकुमारी पूल नजिकै रहेको सो केयर बाट हालसम्म हजारौैले उत्कृष्ट सेवा लिई लाभान्वित भईसकेका छन ।

‘हेराइ हो जीवनको झ्याल, त्यसको रक्षा हाम्रो दायित्व’ भन्ने मूल मन्त्रसहित सञ्चालनमा आएको तेज आई केयरले आधुनिक प्रविधिसहितको सेवा र अनुभवी विशेषज्ञहरूको टोलीमार्फत हजारौं सेवाग्राहीलाई जीवनोपयोगी सेवा प्रदान गर्दै आइरहेको छ।

सेवाको परिष्कृत संयोजन तेज आई केयरले आफ्नो सेवा कक्षहरूमा निम्न प्रमुख सेवाहरू प्रदान गर्दै आएको छः

आँखा परीक्षण र परामर्श

रिफ्रयाक्सन तथा रेटिना जाँच सेवा

अप्टिकल उपकरण सुपथ मूल्यमा विक्री

दृष्टि सुधार तथा प्राथमिक आकस्मिक सेवा

नेत्र स्वास्थ्य सम्बन्धी जनचेतना, काउन्सिलिङ र ओरियन्टेशन कार्यक्रम

यस संस्थाले प्राविधिक दक्षता मात्र होइन, सेवाग्राहीसँगको हार्दिक व्यवहार, समयमै सेवा र सुलभ दरलाई आफ्नो परिचय बनाएको छ।
वीन सोच, नवीन सेवा
तेज आई केयरले आधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत दृष्टिसम्बन्धी समस्याको जरा समातेर उपचार गर्ने लक्ष्य लिएको छ। आँखा उपचारका नयाँ नयाँ प्रविधिले उपचारमा पारदर्शिता र भरोसा थपेको छ। डा. सुशिला मल्लको नेतृत्वमा सञ्चालित यो संस्थामा डा.तेजसु मल्ल लगायत वरिष्ठ आँखा विशेषज्ञहरुले सेवा प्रदान गर्दै आईरहेका छन ।

‘गुणस्तर, सर्वसुलभ र उत्कृष्ट सेवा सहित गरिमा’ का तीन आधारमा टेकेर स्वास्थ्य सेवा क्षेत्रमा नवीनतम उपलब्धिहरू सँगै अघि बढ्दैछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको