प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेका छन्। पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले भण्डारीलाई पार्टीले राजनीतिमा फर्किन स्वीकृति नदिएको र नेतृत्वका लागि उपयुक्त समयमै निर्णय हुने बताएका हुन्।
चीनले कम्युनिष्ट एकता गराउने प्रयासबारे प्रश्नमा ओलीले त्यस्तो प्रयासलाई नकार्दै “क्रिमियरहरू” ल्याएर लाभ नहुने बताए। उनले भण्डारीले हालसम्म पार्टीसँग कुनै औपचारिक छलफल नगरेको र सल्लाह समेत नलिएको बताएका छन्। ओलीका अनुसार पार्टीको निर्णयबिना सक्रिय राजनीतिमा फर्कन सकिँदैन।
लोकप्रिय समाचार

