Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

श्रमिकको तलब बढ्यो, अब न्यूनतम पारिश्रमिक १९ हजार ५५०

Reporter

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गरेको छ। श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको बुधबार बसेको मन्त्रिस्तरीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गरेको मन्त्रालयले जनाएको छ।

बिहीबार मन्त्रालयका प्रवक्ताद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चिया बगानबाहेकका श्रमिकका हकमा लागु हुनेगरी निर्धारण गरिएको पारिश्रमिकअनुसार मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० र महँगी भत्ता ७ हजार ३८० गरेर १९ हजार ५५० निर्धारण गरेको छ।

यस्तै दैनिक ज्यालादारीका हकमा आधारभूत ज्याला ४७० र महँगी भत्ता २८४ सहित ७५४ तोकिएको छ। यस्तै प्रतिघण्टाका हकमा १०१ रुपैयाँ र आंशिक काम मात्र गर्ने कामदारका हकमा प्रतिघण्टा न्यूनतम १०७ रुपैयाँ निर्धारण गरिएको छ।

श्रम ऐन, २०७४ को दफा १०६(१) बमोजिम प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिमको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था छ।

यसअघि नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सिफारिस गरेको थियो। यसअघि श्रमिकको न्ययूनतम पारिश्रमिक १७ हजार ३०० थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको