Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

भियतनाममा डुंगा पल्टिँदा मृत्यु भएकाको संख्या ३७ पुग्यो

Reporter

भियतनाममा शनिबार पर्यटकले भरिएको डुंगा पल्टिँदा मृत्यु भएकाको संख्या ३७ पुगेको छ।

भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको डुंगा दुर्घटनामा धेरै मानिस अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरैजसो पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए।

उद्धारकर्मीहरूले ११ जनालाई भने पानीबाट जीवितै निकालिएको बताएका छन्।

यद्यपि उद्धारकर्मीहरूले भारी वर्षाका कारण अन्य बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको