Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

प्रधानमन्त्री ओली र जापानका विदेशमन्त्री तारो कोनोविच शिष्टाचार भेट, कोनोले भने कामदार लैजान समस्या छैन

admin

काठमाडौं, पुस- २६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ ।

जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए ।

त्यसैगरी नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ ।

जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए ।

भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो ।

विदेशमन्त्री कोनोले दुई देशबीच चाँडै हवाई उडान सुरु गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए ।

दुई दिने भ्रमण पुरा गरी विदेशमन्त्री कानो आजै जापान फर्कदै छन् ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको