Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त

‘असार मास’ ल्याउदै जीवन, गीता र स्मिता

Reporter

माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा स्वर भर्नुभएको छ लोकप्रिय गायिका स्मिता प्रधान, शब्द सिर्जना गर्नुभएको छ सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारी र संगीत संयोजन राजु कार्कीले । गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भन्नुभयो, ‘यो गीत गाउनु मात्र नभई महसुस गर्नु थियो ।

यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।’ सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भन्नुभयो, ‘जीवन शर्मासँगको सहकार्यबाट सधैं विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।’ जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहनुभएको छ, उहाँका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पाँच दर्जनभन्दा धेरै गीतमा उहाँले संगीत भर्नुभएको छ ।

गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’ गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘असार मास’ केवल गीत नभएर, माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताउनुभयो ।

भारत कालिम्पोङ कि स्मिता प्रधान एक प्रतिभाशाली गायिका हुनुहुन्छ जसले ‘द भ्वाइस अफ नेपाल सिजन–५’ मा भाग लिएर दर्शकहरूको ध्यान आकर्षित गर्न सफल हुनुभएको थियो । विभिन्न चरण पार गर्दै नकआउट राउन्डमा पुगेर आउट हुनुभएकी उहाँले कोचहरूको र दर्शकहरूको मन जित्नुभएको थियो । बिजेता हुन नसकेपनी उहाँ गायन क्षत्रमा ब्यस्त हुनुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको