Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)

Reporter

काठमाडौं ।  कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो ।

गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ ।

गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्मिक अभिनय देख्न सकिन्छ भने जानकी पुन मगरले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको छ । भिडियाे काे निर्देशन निर्मल प्याकुरेल ले गरेका हुन् साथै छायाँङ्कन तथा सम्पादन पनी प्याकुरेलकै रहेकाे छ ।

गितमा नृत्य निर्देशन चन्द्र मन्दिर मगरले गरेका हुन भने सह नृत्य निर्देशन हेमन्त भुपालकाे रहेकाे छ । कलाकारहरुको श्रृंगार डिलु सुनारले गर्नुभएको छ । समग्रमा, शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनले यो गीतलाई एक अब्बल तीज कोशेली बनाएको छ । गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको