Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

‘सिंगिङ स्टार नेपाल’ टिभी रियालिटी शोमा पारिश्रमिक विवाद, रकम नपाएको त्रिशलाको गुनासो

Reporter

चर्चित गायिका तथा ‘सिंगिङ स्टार नेपाल’ टिभी रियालिटी शोकी जज त्रिशला गुरुङले आफ्नो पारिश्रमिक अझै नपाएको गुनासो सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै उनले कार्यक्रममा तीन महिना सक्रिय भूमिका निर्वाह गरे पनि सम्झौताअनुसारको आधा रकमसमेत नपाएको बताएकी हुन्।

उनका अनुसार, कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरिरहेका प्रमोद भण्डारी सम्पर्कविहीन छन् भने भुक्तानीको सम्पूर्ण जिम्मेवारी उनैलाई दिइएको छ। गुरुङले लेखेकी छन्, “कार्यक्रम संयोजकले हाम्रो टोलीसँग सम्पर्क गर्न छाडेका छन्। भुक्तानीको विषयलाई लिएर दिइएका मौखिक आश्वासन तथा लेखीय सम्झौतालाई हल्काफुल्का रूपमा लिइएको देखिन्छ।”

गायिका त्रिशलाले समस्याको समाधानका लागि मिडिया साझेदार तथा निर्माण पक्षलाई सार्वजनिक रूपमा ट्याग गर्दै सहयोगको अपिल गरेकी छन्। उनले लेखेकी छन्, “कृपया मिडिया र उत्पादनसँग सम्बद्ध सबै निकायलाई ट्याग गरी मलाई न्याय दिलाउन सहयोग गर्नुहोस्।”

त्रिशलाले आफू र आफ्नो सहकर्मीहरू शोमा पूर्ण प्रतिबद्धता र इमानदारीका साथ सहभागी भएको बताउँदै यस्तो व्यवहारले आफूलाई गहिरो चोट पुगेको उल्लेख गरेकी छन्। “हामीले यो शोलाई हाम्रो आफ्नै परियोजनाजस्तै माया गरेर काम गर्‍यौं। तर अहिले हाम्रो कामप्रतिको मूल्य नदिइनुले मनोरञ्जन क्षेत्रको कमजोर व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ,” उनले भनेकी छन्।

‘सिंगिङ स्टार नेपाल’ टिभी शो प्राइम्स टाइम्स टेलिभिजनमा प्रसारण भइरहेको छ। शोमा त्रिशला गुरुङसहित संगीतकर्मी अर्जुन पोखरेल र सनुप पौडेल निर्णायकका रूपमा सहभागी छन्। होस्टको रूपमा विशाल पोखरेल र नम्रता श्रेष्ठ छन् भने निर्माण पक्षमा बुद्धिप्रसाद ढुंगाना, शिखर गौतम र नवराज चौलागाईंको संलग्नता छ।

यो घटनाले नेपाली मनोरञ्जन क्षेत्रमा श्रमिकको सम्मान र पारिश्रमिकको पारदर्शिता सम्बन्धी गम्भीर बहसको खाँचो देखिएको छ। त्रिशलाको आवाजले अब शो व्यवस्थानप्रति मात्र नभई सम्पूर्ण उद्योगमा नै चेतना र जवाफदेहिताको आवश्यकता झल्काएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको