Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

राष्ट्रिय परिचयपत्रका निम्ति देशभर एक हजार स्थायी विवरण संकलन केन्द्र स्थापन गरिदै

admin

rashtriya parichaya patra vivaran sankalan

कपिलबस्तु, पुस- २६ ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागी देशैभरी एक हजार स्थायी परिचयपत्र विवरण संकलन केन्द्र सञ्चालन गरिने भएको छ ।

विवरण तथा तथ्याङ्क संकलनका लागी देशैभरी एक हजार स्थायी विवरण संकलन केन्द्र सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले जनाएका छन् ।

कपिलवस्तुको तौलिहवामा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी तथा सुरक्षा निकायका प्रतिनिधीका लागि आयोजित राष्ट्रिय परिचयपत्र सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक काफ्लेले सो बारे जानकारी दिएका छन् ।

देशैभरीका ७ सय ५३ वटा स्थानीय तह तथा ७७ जिल्लामा १/१ वटा र बाँकी ठाउँमा आवश्यकताअनुरुप विवरण तथा तथ्यांक संकलन केन्द्र स्थापना गर्ने उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको