Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

एनआरएनए पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान : पर्यटनमार्फत नेपालको प्रवद्र्धन गर्ने अठोट

Reporter

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका मोक्तानले भारत, दुबई, अष्ट्रिया र जर्मनीमा पर्यटन व्यवस्थापन तथा ग्लोबल डेस्टिनेसन सस्टेनेबिलिटी सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् । नेपालमै सात वर्ष पर्यटन, कर्पोरेट र बैंकिङ क्षेत्रसँग जोडिएर काम गरिसकेका उनी पछिल्लो दशकदेखि पोर्चुगलको लिस्बनमा पर्यटन तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । आफ्नो कार्यकालमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने योजना राखेको भन्दै मोक्तानले भने“ “एनआरएनए एउटा नाफारहित संस्था हो । त्यसलाई विवादमुक्त, पारदर्शी र नेपाली डायस्पोराको साझा थलो बनाउने हाम्रो उद्देश्य हो,” मोक्तानको अध्यक्षीय कार्ययोजना नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा फैलाउने दिशामा केन्द्रित छ ।

विशेषगरी, पोर्चुगलको पर्यटकीय बजारबाट नेपालमा गुणस्तरीय टुर प्याकेजमार्फत पर्यटक पठाउने, नेपाली दूतावास र पोर्चुगिज संस्थाहरूसँग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने, सामाजिक मनोपरामर्श (काउन्सेलिङ) कार्यक्रममार्फत नेपाली समुदायमा एकता, समझदारी र समावेशी सोचको विस्तार गर्ने, युवाहरूलाई शिक्षा र रोजगारीको क्षेत्रमा वैधानिक मार्गदर्शन प्रदान गर्ने, र गैरराजनीतिक, सफा छविका अभियन्ताहरूलाई एनआरएन अभियानमा जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

मोक्तानले संस्थाभित्र गुटबन्दी, स्वार्थ र सत्ता मोहका कारण संस्थाको प्रतिष्ठामा आँच पुगेको स्वीकार गर्दै अब समय व्यक्तिगत फाइदा होइन, साझा भविष्य मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै संस्था सधैं हाम्रो घरजस्तो हुनेछैन । त्यसैले आज गरिने कामहरू पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचले गरिनुपर्ने बताए । सुजन लामा मोक्तान एचएलसी संयोजक डा. शेष घलेद्वारा मान्यता प्राप्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई एनआरएनए पोर्चुगलको पहिलो वैधानिक निर्वाचनका रूपमा समेत चिनिएको छ ।

मोक्तानले अब एनआरएनएको नाममा हुने कुनै पनि अनियमितता, मानव तस्करी, वा स्वार्थपूर्तिको खेल अब स्वीकार्य नहुने भन्दै एक दशक लामो अन्तर्राष्ट्रिय अनुभव र नेपालको गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको समझ राख्ने आफ्नोे प्रमुख लक्ष्य रहेको भन्दैे नेपाललाई विश्वको एक प्रमुख पर्यटन गन्तव्य बनाउने तर्फ विशेष जोड दिने समेत बताएका छन् । उनले एनआरएनए पोर्चुगलमार्फत “नेपाल भ्रमण वर्षको पुनःघोषणा” गर्ने सन्देशसहित विभिन्न संवाद, प्रदर्शन र अवार्ड कार्यक्रमहरू आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । एनआरएनए पोर्चुगलमा सुजन लामा मोक्तानको आगमनले युवा नेतृत्वको सम्भावना, प्रस्ट दृष्टिकोण र संस्थागत सुधारको अपेक्षा बोकेको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको