Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

डडेल्धुरामा पटकपटक भएका श्रृंखलावद्ध आगलागीका घटनाले स्थानीय आतंकित

admin

dadheldhurama aagalagi

डडेल्धुरा, पुस- २६ ।

डडेल्धुरामा विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले स्थानीयवासी आतंकित बनेका छन् ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाअन्तर्गतका ५ स्थानमा भएका शृंखलाबद्ध आगलागीका घटनामा नियोजित रुपमै केही समूह सक्रिय भएको शंका गरिएको छ ।

अमरगढीमा गएका केही दिनहरु भएका आगलागीका घटनाले धेरैजना त्रसित बनेका छन् ।

यसै महिनाको १३ , १८ , १९ र २२ गते मुख्यबजार आसपासका ५ स्थानमा भएको आगजनीबाट करोडौंको नोक्सान भएको छ ।

जसले सुरक्षा अवस्थामा चुनौती देखिन थालेको भन्दै स्थानीयवासी आतंकित र त्रासदीपूर्ण बनेका छन् ।

क्षतीग्रस्त दुर्घटनामा आपराधिक समूहको संलग्नता रहेको भन्दै सुरक्षाको माग राखेका छन ।

त्यसमा पनि ब्यापारीहरु अझ बढी सशंकित बनेकाले सुरक्षा निकाय र स्थानीय प्रशासनमा दबाबमूलक ज्ञापन पत्र बुझाएका छन् ।

रहस्यमय रुपमा रहेको आगलागीका घटनाबाट सरकारी तथा निजी कम्पनीहरुको ठूलो क्षति भएकाले जोखिम उठाउन बाध्य भएको स्थानीय व्यापारीको भनाई छ ।

शृंखलाबद्ध रुपमा भएका आगजनीका घटना स्वाभाविक नभएर नियोजित नै भएको कतिपयको बुझाइ छ ।

घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान समेत गरिरहेको छ ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको