Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

“छन्दे”ले प्राप्त गरे ‘ग्लोबल स्टार कलाकारिता सम्मान’

Reporter

काठमाडौं ।  नेपाली हास्यकलाका सशक्त प्रतिनिधि, अभिनय र निर्देशनमा स्थापित नाम गोपाल ढकाल छन्देले दक्ष इन्टरनेशनल प्रा.लिले गत शनिबार नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाण्डौमा भब्य रुपमा सम्पन्न गरेको कार्यक्रममा उक्त सम्मान प्राप्त गरेका हुन् ।
विगत दुई दशकदेखि कलाकारिताको माध्यमबाट निरन्तर समाज, देशलाई योगदान दिईरहेका ढकालको कलाकारिताको निरन्तरता र योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान दिईएको हो ।

ग्लोबल स्टार अवार्डस् २०८२ को उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय चन्द्र भण्डारी रहनुभएको थियो । बिशेष अतिथिहरुमा राष्ट्रि«य सभा सदस्य माननीय बिष्णु कुमारी सापकोटा, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, सांसद सुनिल के.सी, कार्यक्रम व्यवस्थापक टेकराज पाण्डे रहनुभएको कार्यक्रममा ढकालले उक्त सम्मान प्राप्त गरेका हुन् ।
छन्दे नामले परिचित ढकालले हास्यव्यंग्यको माध्यमबाट विविध विषयमा चेतना फैलाउने सफल कार्य गर्दै आईरहेका छन् भने गायन, निर्देशन, कार्यक्रम प्रस्तोता, अभिनय प्रशिक्षकको रुपमा समेत ढकाल परिचित छन् ।
कलाकारिताको सिलसिलामा भारत, कतार, दुवई, मलेसिया, थाईल्याण्ड, लाओस, युरोप, युके जस्ता देशहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका ढकालले दर्जनौँ ठूला पर्दाका चलचित्र, म्युजिक भिडियो, हजारौँ स्टेज शो, गाईजात्रा शो, विज्ञापनमा सफल अभिनय गरेका छन । पछिल्ला समयमा निर्देशनमा व्यस्त छन्देका माग्ने राजा, चिट्ठी चलचित्र आउँदो भदौमा प्रदर्शन हुँदैछ ।
ढकालका सृजनात्मक प्रस्तुतिहरू, रचनात्मकता तथा निखारिएको कलाकारिताले नेपाली, कला, साहित्य, संस्कृतिलाई समृद्ध तुल्याउने कार्यमा महत्तवपूर्ण भूमिका निर्वाह गरेको छ साथै मौलिक शैली, समाजप्रतिको गहिरो दृष्टिकोण, र सत्प्रेरणादायी व्यक्तित्वले सबैलाई प्रेरणा प्रदान गर्दै आएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको