Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

सिन्धुपाल्चोक र रुपन्देहीका सिडिओ फेरिए

Reporter

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ। गृहमन्त्री रमेश लेखकको स्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालय झिकाइएको हो।

यससँगै रुपन्देहीमा डा. टोकराज पाण्डे र सिन्धुपाल्चोकमा बन्धुप्रसाद बास्तोलालाई सिडिओका रूपमा पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका छन्। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार, निर्णय सोमबार नै गरिएको भए पनि त्यसको औपचारिकता अझै बाँकी छ।

यसबीच, आइतबारदेखि रिक्त रहेको मन्त्रालयको प्रवक्ताको जिम्मेवारी भने गृहमन्त्री लेखकले अहिलेसम्म कसैलाई दिएका छैनन्। प्रवक्ताविहीन बनेको मन्त्रालयभित्र सूचना प्रवाहमा अन्योल देखिएको छ।

सरुवासम्बन्धी यो निर्णयलाई प्रशासनिक पुनर्संरचना र कार्यसम्पादन मूल्यांकनको निरन्तर प्रक्रियाको रूपमा हेरिएको बताइएको छ। तर, पछिल्लो समय केही सिडिओहरूको कामप्रतिको असन्तुष्टि र राजनीतिक समन्वयमा कमजोरीबारे मन्त्रालयमा चर्चा चलिरहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको