
काठमाडौं, पुस- २६ ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले डीएनए परीक्षण गराउन आफ्नो रगतको नमुना दिएकी छन् ।
निर्मलाको ‘भेजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताएकी छिन् ।
बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराईएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बताएको छ ।
निर्मलाको हत्या भएको ६ महिना बितिस्क्दा पनि अझैसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन ।
अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरीसकेको छ ।

लोकप्रिय समाचार