Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

साल्ट ट्रेडिङले अत्याधुनिक पेट्रोल पम्प खोल्ने

admin

साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश पारित भएको छ । कर्पोरेशनको सम्पन्न ५०औँ वार्षिक साधारण सभाले २०७२।०७३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पेट्रोल पम्प खोल्ने प्रकृया अघि बढिसकेको बतार्इन् । उनले पम्प स्थापनाका लागि आयल निगमसँग सम्झौंता भइसकेको जानकारी दिर्इन्, विहिबार भएको साधारणसभामा यो जानकारी दिएकी हुन् ।  पम्पमा इलोक्ट्रोनिक (बैंक) कार्डबाट खरीद गर्न मिल्ने गरी स्वाइप मेशिन राखिनेछ भने चौबिसै घण्टा खुल्नेछ।निगमले नयाँ पम्प खोल्न ल्याएको मापदण्ड अनुसार स्वाइप मेशिन राख्नुपर्ने भएको हो। पम्पमा न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस हुनेछ । पम्पसँगै पैसा तिरेर अटोमेटिक पेय पदार्थ निकाल्न मिल्ने ‘भेन्डिङ मेशिन’ र डिपार्टमेन्टल स्टोर समेत हुनुपर्ने प्रावधान छ। पम्पमा कम्तिमा आठ वटा सवारी साधनले एकै पटक तेल भर्न सक्नेछन्। पम्पमा गाडी धुन, टायरमा हावा भर्न र सामान्य मर्मत गर्ने सर्भिस सेन्टर समेत हुनुपर्नेछ। पम्पमा स्वचालित विलिङ मेशिन हुनेछ ।

५०औँ वार्षिक साधारण सभाले २०७२।०७३ को  कारोबारबाट ट्रेडिङले कुल मुनाफा ६१ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको कर्पोरेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस वर्षको शुरुको ११ महिना जेष्ठ मसान्तसम्म ७ अर्ब ५६ करोड रुपैयाँको कारोवार गरेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा २ अर्ब रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको