Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

‘राजीनामा दिनुपर्छ’ : अध्यक्ष नेपालद्वारा झलनाथ खनालप्रति कटाक्ष

Reporter

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच त्यहाँ अन्तरसंघर्ष छ। त्यसको असर युवा, विद्यार्थी फाँटमा देखा परेको छ। अध्यक्ष र सम्मानित नेता पक्षले अलगअलग गतिविधि गरिरहेका छन्। झलनाथ खनाल पछिल्लो समय २०७८ भदौमा एमाले विभाजन नै गर्नु गलत रहेको निष्कर्षमा पुगेका छन्।

उनीहरूबीच माओवादी केन्द्रसँगको एकतामा पनि मत मिलेको छैन।  यही सन्दर्भमा अध्यक्ष नेपालले सम्मानित नेता खनाललाई पार्टी छाडेर जान भनेका छन्। अध्यक्ष नेपालले सम्मानित नेता खनाललाई पार्टीको संस्थागत निर्णय उल्लंघन गर्नेमा एक नम्बर रहेको आरोप पनि लगाएका छन्।

‘पार्टीबाट बिदा गर्दिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन। उहाँले खुरूक्क राजीनामा दिनुपर्छ।  बिदा भएर जानुपर्छ। यो संस्थागत निर्णय हो। उहाँ निर्णयको उल्लंघन गर्नेमा नम्बर वन हुनुहुन्छ,’ अध्यक्ष नेपालले सम्मानित नेताको नाम नलिई शुक्रबार विराटनगरमा भने।  पत्रकारहरूले झलनाथको पछिल्लो अभिव्यक्तिबारे अध्यक्ष नेपालसँग जिज्ञासा राखेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको