Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

चक्रे मिलनसहित १९ जनालाई सात दिन थुनामा राख्न आदेश

Reporter

गुन्डागर्दीको आरोपमा पक्राउ परेका गुन्डानाइके चक्रे मिलन(मिलन गुरुङ)सहित १९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सात दिन थुनामा राख्न म्याद दिएको छ। जन्मदिन मनाउने क्रममा आतंक मच्चाएको आरोपमा प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको थियो ।

४७ जना पक्राउ परेकेमा गुन्डागर्दीमा संलग्न १९ जनामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एसपी कुलदिप चन्दले बताए । परिसरका अनुसार मिलन गुरुङसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम हर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ।

बिहीबार चक्रेको जन्मदिन मनाउने क्रममा सडकमा स्कर्टिङ गर्नेदेखि सडकमै भिड जम्मा गरेर केट काटेका थिए। जन्मदिन मनाउने नाममा आतंक सिर्जना गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको