Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

admin

prithvi jayanti

काठमाडौं, पुस- २७ ।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ ।

यसैबीच पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश जारी गरेका छन् ।

राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अंकित रहेको भन्दै हाम्रा पुर्खाको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शीर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको बताएकी छन् ।

उनले शुभकामना सन्देशमा देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न नसकिने र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव नभएको बताएकी छन् । नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको उनले स्मरण गरेकी छन् ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न पृथ्वीनारायण शाहको भनाइ प्रेरणादायी हुने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको भन्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । उनले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको