Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

यमनमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ६८ पुग्यो, ७४ अझै बेपत्ता

Reporter

यमनको अबयान प्रान्तनजिक अफ्रिकी शरणार्थी तथा आप्रवासी चढेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। ७४ जना अझै बेपत्ता छन्।

संयुक्त राष्ट्रसंघको आप्रवासन सम्बन्धी संस्था आईओएमका अनुसार डुंगामा १५४ जना इथियोपियाली नागरिक सवार थिए। आईओएम यमनका प्रमुख अब्दुसत्तोर एसोएभले १२ जनाको जीवितै उद्धार गरेको समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन्।

मृतकमध्ये ५४ जनाको शव खानफार जिल्लामा भेटिएका र बाँकी १४ जनाको शव अन्य स्थानमा फेला परेको उनले बताए। स्थानीय अधिकारी अब्दुल कादिर बजमिलका अनुसार मृतकहरूको शव यमनको शक्रा नजिक गाड्ने तयारी भइरहेको छ। प्रतिकूल परिस्थितिमा खोजी कार्य जारी छ।

यमन र अफ्रिकाको हर्न क्षेत्रबीचको जलमार्ग शरणार्थी तथा आप्रवासीहरूको लागि जोखिमपूर्ण यात्रा मार्ग हो। गृहयुद्धपछि यमन छोड्नेहरूको संख्या बढेपछि यो मार्ग झनै व्यस्त भएको हो। आईओएमका अनुसार सन् २०२४ मा यमनको खाडी क्षेत्र हुँदै ६० हजार भन्दा बढी शरणार्थी बाहिरिएका छन्। यो मार्गमा सोही वर्ष डुंगा दुर्घटनामा ५५८ जनाको मृत्यु भइसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको