Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’ सम्पन्न: ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

Reporter

काठमाडौं, नेपाल – लविस ईभेन्ट्स प्रा.लि.को आयोजनामा “लिटिल मिस्टर एण्ड मिस  काठमाडौं” प्रतियोगिता अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको छ। बालबालिकाको आत्मविश्वास, व्यक्तित्व विकास र सिर्जनशील क्षमताको अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका बालप्रतिभाहरूले उल्लेखनीय सहभागिता जनाएका थिए।

कार्यक्रम ललितपुरस्थित ज्यापू प्रतिष्ठानमा सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायक मण्डलका सदस्य श्यारोन बज्राचार्य, आशिम सक्सेना र प्रकाश चौहानले सहभागीहरूको प्रतिभा, आत्मप्रस्तुति, प्रस्तुति कला लगायतका पक्षमा आधारित मूल्यांकन गरी विजेता घोषणा गरेका थिए।

विजेताहरूको विवरण यस प्रकार छः

मुख्य विजेता

प्रथम उपविजेता (First Runner-Up)

द्वितीय उपविजेता (Second Runner-Up)

सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, पदक तथा गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागिता जनाएका विद्यालयहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो, जसले बालबालिकाहरूको हौसला अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राजनीतिज्ञ देवप्रसाद तिमल्सिना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस्तै, वरिष्ठ युवा उद्यमी एवं समाजसेवी कमल ढकाल तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर, कार्यक्रम व्यवस्थापन संघ नेपालका अध्यक्ष एवं निर्देशक राजेन्द्र लुईटेल ‘राज’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमका प्रमुख आयोजक तथा चर्चित गायक हुमन आचार्य ले बालबालिकालाई समर्पित यस्ता सिर्जनात्मक र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई भविष्यमा अझ विस्तारित र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिता अन्तर्गत बालप्रतिभाहरूले गायन, नृत्य, आत्मप्रस्तुति लगायतका विभिन्न विधामा मनोरञ्जनात्मक प्रस्तुति दिए। निर्णायक प्यानलले आफ्नो अनुभव, अन्तर्दृष्टि र निष्पक्ष निर्णयका आधारमा मूल्यांकन प्रस्तुत गरेकाले प्रतियोगिता अझ व्यावसायिक, मर्यादित र प्रेरणादायी बनेको सहभागी अभिभावकहरूले प्रतिक्रिया दिएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको