Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’ (भिडियो)

Reporter

वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् ।

आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ ।

गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको माया पाउन सफल भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको