Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

अमेरिकी प्रहरीले रोनाल्डोसँग डिएनए नमुना माग्यो

admin

ronaldo

काठमाडौं, पुस- २७ ।

पोर्चुगलका राष्ट्रियटिमका स्ट्राइकर तथा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ ।
बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको विस्तृत अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले रोनाल्डोसँग उनको डिएनए नमुना माग गरेको हो ।

इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीले रोनाल्डोको डिएनए नमुना माग गरेको वारेमा पुष्टि गर्दै प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताएका छन ।

रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावी यसअघीनै गरिसकेका छन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको कपडामा अर्को व्यक्तिको डिएनए स्याम्पल पाइएको थियो । उक्त डिएनए रोनाल्डोकै भएको आशंका गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको