Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

अमेरिकी प्रहरीले रोनाल्डोसँग डिएनए नमुना माग्यो

admin

ronaldo

काठमाडौं, पुस- २७ ।

पोर्चुगलका राष्ट्रियटिमका स्ट्राइकर तथा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ ।
बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको विस्तृत अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले रोनाल्डोसँग उनको डिएनए नमुना माग गरेको हो ।

इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीले रोनाल्डोको डिएनए नमुना माग गरेको वारेमा पुष्टि गर्दै प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताएका छन ।

रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावी यसअघीनै गरिसकेका छन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको कपडामा अर्को व्यक्तिको डिएनए स्याम्पल पाइएको थियो । उक्त डिएनए रोनाल्डोकै भएको आशंका गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको