Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन सम्पन्न

Reporter

काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए। विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं” भनेका थिए।

जुरी सदस्यहरूसुनीता दुलाल चर्चित गायिका, अलिजा गौतम निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री, निर्णय NSK चर्चित र्यापर, हरी गोपाल प्रधान वरिष्ठ पत्रकार, ग्येन्द्र लामा – कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड कलेज, विनोद कुँवर – पूर्व अध्यक्ष तथा HLC सदस्य, NRNA ICC, भेन्यु पार्टनर मण्डला ब्याङ्क्वेट तिनकुने आयोजक टोलीमा दिल माया मगर प्रमुख कार्यकारी, MKM फेसन हाउस, महेंद्र शाही प्रबन्ध निर्देशक, सुस्मिता तिमल्सिना र अनिशा संयोजक कार्यक्रम सञ्चालन (MC) महेन्द्र शाही, मिडिया तथा प्राविधिक सहयोगी, भिडियो/फोटो डीजे स्कल सरोज श्रेष्ठ तथा वम बहादुर पुन, भिडियो फोटो पार्टनर अकेन्द्र चालाउने र बिष्णु श्रेष्ठ, सहयोगी हातहरू सिड वाग्ले, दिलीप मगर, अमित खनाल, करुणा भुजेल, टिभी पार्टनर लाइफ ओके, मेकअप पार्टनर श्रिष्टि शाही सैनेश शाही रहेका थिए ।कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको