Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मूल्यवृद्धिको विरोधमा सुडानमा प्रदर्शन चर्कियो, मृतकको संख्या २२ पुग्यो

admin

sudan

खार्तुम, पुस- २७ ।

पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि एकाएक आन्दोलन चर्किएको हो । राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएको छन ।

जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै नारावाजी समेत गरेका छन् ।

मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेको त्यहाका संचारमाध्यमले जनाएका छन् ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको