Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

अखिल नेपाल बेसबल तथा सफ्टबल संघको प्रथम सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति चयन

Reporter

ललितपुर, २०८२ साउन २६ अखिल नेपाल खेलकुद महासंघअन्तर्गत रहेको अखिल नेपाल बेसबल तथा सफ्टबल संघको प्रथम सम्मेलन ललितपुरको सातदोवाटोमा आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमा संघको आगामी कार्यदिशा, संरचनागत विकास, सदस्य विस्तार तथा खेलको स्तरोन्नतिका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यसूचीअनुसार सम्पन्न निर्वाचन प्रक्रियाबाट सञ्जीव फुयाल ‘बन्दुक’लाई अध्यक्ष, मुकेश बुढालाई सचिव तथा पार्वता चौलागाईंलाई कोषाध्यक्षको रूपमा निर्वाचित गरिएको छ। साथै ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष फुयालले बेसबल र सफ्टबल खेललाई देशभर लोकप्रिय बनाउन, प्रशिक्षण तथा प्रतियोगिताको नियमित आयोजना गर्न, र अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको बताए। उनले आधारभूत पूर्वाधारको विकास र विद्यालयस्तरदेखि खेलको प्रचारप्रसारमा विशेष ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे।

सम्मेलनमा उपस्थित खेलकुद महासंघका पदाधिकारी, खेल प्रशिक्षक, पूर्व खेलाडी र विभिन्न जिल्लाका प्रतिनिधिहरूले बेसबल तथा सफ्टबल खेललाई राष्ट्रिय खेलकुदको मुख्यधारमा ल्याउन सबैले आ–आफ्नो स्तरबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए।

यसै अवसरमा संघको भावी योजनाअन्तर्गत नियमित प्रतियोगिता आयोजना, प्रशिक्षक र रेफ्री तालिम, महिला सहभागिता वृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने प्रस्ताव पारित गरिएको संघका नवनिर्वाचित सचिव मुकेश बुढाले जानकारी दिए।

कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कोषाध्यक्ष पार्वता चौलागाईंले पारदर्शी आर्थिक व्यवस्थापन र स्रोत–साधनको सदुपयोगमार्फत संघका लक्ष्यहरू पुरा गर्न सहयोग पुर्‍याउने आश्वासन दिइन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको