Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

बागमती प्रदेश सरकारलाई पूर्णता, मुख्यमन्त्री बानियाँले नियुक्त गरे ५ मन्त्री

Reporter

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा सिफारिस गरेको कांग्रेस स्रोतले जनाएको छ ।

वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

यस्तै कांग्रेस केन्द्रीय समस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फकी सांसद हुन् । उनीहरूलाई मुख्यमन्त्री बानियाँले शुक्रबार नै शपथ ग्रहण गराउने तयारी छ ।

सिफारिसमा परेका सांसदहरिहरूलाई कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा भने केही खुलेको छैन । कांग्रेस स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको