Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

बीपी राजमार्गमा भदौ १५ गतेसम्म राति सवारीसाधन चलाउन रोक

Reporter

बीपी राजमार्गमा रातिको समय १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको हो ।

देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले कुनै पनि समयमा वर्षात्का कारण विपद् (बाढी, पहिरो)को अवस्था सिर्जना हुनसक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

यसअघि स्थानीय प्रशासनले बाढि–पहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको