Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा परी एक जनाको मृत्यु

admin

goli prahar

भैरहवा, पुस- २९ ।

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ ।

तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको