Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

भियतनाममा चम्किए नेपाली बालबालिका, ‘जुनियर मोडल इन्टरनेशनल’मा जिते महत्त्वपूर्ण उपाधि

Reporter

काठमाडौँ । नेपाली बालबालिकाहरूले भियतनाममा सम्पन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा चार महत्त्वपूर्ण उपाधि जितेका छन् । तासी नुर्वु शेर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापाले विभिन्न विधामा उपाधि हात पार्न सफल भएका हुन् ।

भियतनामको दानाङ शहरमा अगस्ट १३ देखि १८ सम्म आयोजना भएको प्रतियोगितामा विश्वका विभिन्न देशका प्रतिभाशाली बालबालिकाहरूको सहभागिता रहेको थियो । उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिहरूले नेपालको कला, संस्कृति, सम्पदा र पर्यटनलाई आकर्षक ढंगले प्रवर्द्धन गरेका थिए । उनीहरूले प्रस्तुत गरेका सामग्री र प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्न सफल भयो ।

नेपाली प्रतिभाहरूले जितेका उपाधिहरू:

विपार्थ थापा : प्रिन्स केटातर्फ सेकेन्ड रनरअप (Prince – Second Runner-up)

सुहानी श्रेष्ठ : बेष्ट इन्ट्रोडक्सन अवार्ड (Best Introduction Award)

तासी नुर्वु शेर्पा : प्रिन्स अफ एसिया (Prince of Asia)

तोरेशा भण्डारी : राइजिङ स्टार (Rising Star)

यी चारै जना बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताहरू ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ र ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ का विजेताहरू हुन् । उनीहरूको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदार थिइन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले उनीहरूलाई साथ दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको