Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

शिक्षक महासंघ फेरि आन्दोलितः भदौ ९ गतेदेखि यस्ता छन् कार्यक्रम

Reporter

नेपाल शिक्षक महासंघ फेरि आन्दोलित भएको छ। पत्रकार सम्मेलन गरी शुक्रबार उसले आन्दोलनका पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको छ भने दोस्रो चरणको कडा आन्दोलन भदौ २१ गते घोषणा गरिनेछ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ।

यसबीचमा सच्याउने काम नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम तय गरिने महासंघले जनायो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको