Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

नेपाली विदेश जाँदा एक वर्षमा बाहिरियो दुई खर्ब २३ अर्ब रुपैयाँ !

Reporter

नेपाली विदेश जाँदा एक वर्षको अवधिमा देशबाट दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम नेपालबाट बाहिरिएको हो ।

“समीक्षा वर्षमा सेवा खाता अन्तर्गतको भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ,” राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणमा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालीहरू विदेश जाँदा एक खर्ब ८८ अर्ब ४३ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ मा विदेश पढ्न जाने विद्यार्थीले मात्र देशबाट एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ लगेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै बाहिरिएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको