Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

यू–१७ वुमेन्स साफ च्याम्पियसिप : नेपाल बंगलादेशसँग पराजित

Reporter

नेपाल यू–१७ वुमेन्स साफ च्याम्पियसिपमा आइतबार बंगलादेशसँग ३–० ले पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा बेहोरेको यो हारले नेपालको स्थिति कमजोर बनेको छ ।

थुनुए मार्माले ४१ औं मिनेटमा बंगलादेशका लागि पहिलो गोल गरिन् । त्यसपछि सौरभी प्रीतिले ४४ औं मिनेटमा दोस्रो गोल थपिन् । ममानी चक्काले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेट तेस्रो गोल गरिन् ।

यो हारले नेपाल तीन खेलबाट तीन अंकमै सीमित रह्यो । बंगलादेशले भने तीन खेलमा दोस्रो जितसँगै छ अंक बटुलेको छ । भारत तीनै खेल जित्दै नौ अंकमा शीर्ष स्थानमा छ ।

भारतले आइतबारको पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । भुटान शून्य अंकमा सहभागी चार टिममध्ये सबैभन्दा पुछारमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको