Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

मेस्सीले स्पेनिस लिग फुटबलमा राखे चार सय गोलको कीर्तिमान

admin

काठमाडौं, पुस-३० ।

अर्जेन्टाइनी फुटवल खेलाडी लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा चार सय गोलको कीर्तिमान कायम गरेका छन् ।

गएराति भएको खेलमा आइबार विरुद्ध गोल गर्दै मेस्सीले आफ्नो खेल करियरमा अर्को कोसेढुंगा पार गरे । खेलमा आईबार ३–० ले पराजित भयो ।

मेस्सी स्पेनिस लिग ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय गोलको कीर्तिमान बनाउन कुल ४ सय ३५ खेल खेलेका छन् ।

युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी नै पहिलो खेलाडी बनेका छन् ।

अहिलेसम्म युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी रहेका छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन् ।

रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी कुल ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका हुन् ।

ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले १९ खेलबाट ४३ अंक सहित पाँच अंकको अग्रता लिएको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक रहेको छ ।

एट्लेटिकोले गएराति लेभान्तेलाई १–० ले हराउँदा तेस्रो स्थानको सेभिया भने एथ्लेटिक बिल्बाओसँग २–० ले पराजित हुन पुग्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको