Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड : नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

Reporter

बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो ।

समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।

यस्तै, स्वास्थ्यकर्मी सिकृता वस्ती, युवा व्यवसायी आशुतोष ज्ञवाली र अमिर न्यौपाने, वरिष्ठ चिकित्सक डा. लक्ष्मण पौडेल, साहित्यिक र सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू समेत विशेष सम्मानबाट विभूषित भए ।

कार्यक्रमको सञ्चालन प्रख्यात कलाकार गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए भने, आयोजक संस्था प्याजेन्ट नेपालका प्रमुख राजेन्द्र लुईटेलको सभापतित्व र सेलेब्रेटी मेक अप आर्टिष्ट तथा आयोजक समिति संयोजक टेकराज पाण्डेको संयोजनमा सम्पन्न भएको थियो ।

समारोहका वक्ताहरूले नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई थाइल्याण्डमा भेला गराई सम्मानित गर्नु स्वयंमा गर्वको विषय भएको उल्लेख गर्दै आयोजक टोलीलाई हार्दिक धन्यवाद र बधाई दिए । विज्ञहरूले यसलाई “विदेशमा नेपाली प्रतिभा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने ऐतिहासिक प्रयास”को रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले नेपालको पहिचान, गौरव र क्षमता विश्वसामु उजागर गर्ने भूमिका खेल्ने धारणा राखेका थिए ।

समारोहमा थाइल्याण्ड र नेपालका कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले भव्यतालाई थप रंगीन बनायो ।

यसरी सम्पन्न चौथो संस्करणले नेपाली कला, संस्कृति, साहित्य, चिकित्सा, सौन्दर्य र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य मात्र गरेको छैन, बरु विदेशमा बस्ने नेपाली समुदायलाई मातृभूमिसँग भावनात्मक रूपले जोड्ने एउटा सबल प्रयास पनि गरेको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको