Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

म्यान्चेस्टर युनाईटेडसंग टोटनह्याम स्तब्ध, एभर्टनसँग बर्नमाउथ पराजित

admin

काठमाडौं, पुस-३० ।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाईटेडसंग टोटनह्याम हट्सपर पराजित भएको छ ।

गएराति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० गोल अन्तरले विजयी भयो ।

युनाइटेडको प्रशिक्षकमा पूर्व खेलाडी ओले गुना सोल्सायर नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो ।

टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडको जीतमा मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ भने ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि पर्दा उपाधि अभियानमा धक्का लागेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले पराजित गर्यो ।

आज राती हुने प्रिमियर लिगको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्ससँग प्रतिस्पर्धा गर्दैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको