Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

ऐन महरविरुद्ध साइबर अपराधमा अदालतमा मुद्दा दर्ता

Reporter

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

साइबर अपराध अन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो। सोमबार मुद्दा अदालत पुगेको थियो।

एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको अदालत स्रोतले जनायो।

अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

साइबर ब्यूरोमा बयान दिन पुगेका उनले केही पनि नभएको भनी लाइभमा बताएका थिए। पत्नीसहित लाइभमा आएका उनले समर्थकलाई आस्वस्त पार्न र अन्यलाई छारो हाल्ने काम गरेको आशंका यस मुद्दा दर्ताबाट पुष्टि हुन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको