Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

मनाङ उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

Reporter

मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता भदौ १९ गतेदेखि सुरु हुने भएको छ ।

आज निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगले भदौ १९ देखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।

मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने छ ।

दल दर्ताको लागि निवेदन दिँदा निवेदनमा खुलाउनु पर्ने विवरण तथा पेश गर्नुपर्ने कागजातहरु :

(क) राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन,

(ख) दल सम्बन्धी विवरणः राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्‍जालको खाता,

(ग) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या,

(घ) पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति ……. र आ.व …….

(ङ) उपनिर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न र उम्मेद्‍वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (च)आ.व.२०८०/०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर, (१) आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, (२) आर्थिक वर्ष २०८१/८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन,

(छ) आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत,

(ज) उम्मेद्‍वारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नंम्बर सहितको दस्तखत नमूना,

(झ) दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ९४० बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र,

(ञ) दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)।

अन्य थप जानकारीको लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको