Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

अद्यावधिक नभएका कर्मचारीले किताबखानामा फाराम भर्न पाउने

admin

kitab khana

काठमाडौं, पुस-३० ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ ।

समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।

यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो ।

उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समयसीमाभित्र पनि अद्यावधिक भइनसकेका भए तापनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिइन ।

समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ ।

किताबखानामा मोबाइल नम्बर अद्यावधिक नभएका कर्मचारीले मोबाइलबाट प्राप्त हुने कोडको सट्टा सफ्टवेयरले मागेको विवरण भरी समायोजनका लागि आवेदन दिनसक्ने उनले जानकारी गराइन् ।

निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार अहिलेसम्म करीब ३४ हजार ५०० कर्मचारीले विवरण अद्यावधिक गराएको जानकारी गराए । किताबखानामा करीब ८९ हजार कर्मचारीको विवरण रहेको छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछ ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको