Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

बिमामार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

Reporter

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।

। एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।

यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् ।

‘अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गरिएको छ र यो सुविधा कार्तिक १ गतेबाट बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ,’ उनले भने ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बिमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ ।,’

मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बिमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ ।

‘विपन्न नागरिकका लागि आठ कडा रोगमा उपलब्ध गराउँदै आएको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बिमामा अनिवार्य विमित हुनुपर्ने व्यवस्था स्वीकृत निर्देशिकाको दफा ४ क.मा उल्लेख भएकोले उपरोक्त निर्देशिका बमोजिमको सेवा निरन्तरताका लागि सेवाग्राहीलाई स्वास्थ्य बिमामा आबद्ध हुन असोज मसान्तसम्म समय दिने र उक्त सेवा लिइरहेका सेवाग्राहीहरूलाई सो समयावधि भित्रै बिमित हुने व्यवस्था मिलाउनका लागि यस मन्त्रालयको मिति २०८२/०५/१९ (माननीय मन्त्रिस्तरको) निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको