Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

सेजन अध्यक्षमा भट्टराई,महासचिवमा कमल बस्नेत

Reporter

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार (भदौ २१) सम्पन्न निर्वाचनबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो ।

भट्टराईले ११० मत पाए । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरिन् ।

कमल धिताल १८५ मतसहित कार्यसमिति सदस्यमा निर्वाचित भए ।

उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भए । महासचिवमा कमल बस्नेत १३९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत पाए । सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भए ।

कोषाध्यक्षमा केशु लामिछानेले १३३ मतसहित जित हासिल गरिन् । उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत पाइन् ।

सदस्यतर्फ धितालबाहेक सीमा तामाङ (२०० मत), राजु बास्कोटा (१५९), भोजराज भण्डारी (१४७) र अर्जुन तामाङ (१४०) विजयी भए । भरतबहादुर रावल (१३१) पराजित भए ।

निर्वाचनमा २४६ मत खसेको थियो । एक मत बदर भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको