Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

admin

three star

कैलाली, पुस-३० ।

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले च्यासललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित रहेको खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा खेल सकिन तीन मिनेट समय बाँकी छँदा रुपेश केसीले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

सुनील बलको क्रसमा रुपेशले हेडमार्फत् गोल गरेका थिए ।

थ्रीस्टारको जितमा निर्णायक गोल गरेक रुपेश नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा भने संकटा क्लबले क्यामरुनको दाफिनास एफसीसंग भिड्दै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको