Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

admin

three star

कैलाली, पुस-३० ।

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले च्यासललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित रहेको खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा खेल सकिन तीन मिनेट समय बाँकी छँदा रुपेश केसीले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

सुनील बलको क्रसमा रुपेशले हेडमार्फत् गोल गरेका थिए ।

थ्रीस्टारको जितमा निर्णायक गोल गरेक रुपेश नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा भने संकटा क्लबले क्यामरुनको दाफिनास एफसीसंग भिड्दै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको