Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन आज

Reporter

जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।

बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ।

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ ।

यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि उनीहरूले चेतावनी दिएका छन् ।

माइतीघरमा हुने प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल भएको छ । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो ।

बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले  बताए । प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए । उनले भने, ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौँ ।’

प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण भने पनि घुसपैठको आकलन गरेर जिल्ला सुरक्षा समितिले ‘एकीकृत सुरक्षा योजना’ लागु गरेको छ । प्रदर्शनमा चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि ऐक्यबद्धता जनाएका छन् । विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् । घुसपैठ हुनसक्ने आकलन गर्दै डीआईजी ओम रानाले भने, ‘त्यसबारे आयोजकहरू पनि सजग हुनुहुन्छ होला ।’

प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भए कारबाही गर्ने प्रहरीको तयारी छ । डीआईजी राना भन्छन्, ‘कानुनविपरीत क्रियाकलाप हुन दिँदैनौँ, हामीले त्यहीअनुसार जनशक्ति परिचालन गरेका छौँ ।’

उच्छृङ्खल क्रियाकलाप गर्नेहरूबारे सूचना संकलन गर्न सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार गरेको एकीकृत सुरक्षा योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचाल गरिने छ ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् ।

नेपो बेवी ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमण वा घरमा तोडफोड गर्नसक्ने आकलन गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एक अधिकृतले  बताए । उनले भने, ‘प्रदर्शनमा नेतृत्व नभएकाले भिड अराजक भएर अवाञ्छित क्रियाकलाप हुन सक्ने हाम्रो आकलन छ ।’

र यसलाई रोक्न माइतीघरबाहेक अन्य चुनौतीपूर्ण ठाउँमा पनि सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । प्रदर्शन आयोजकहरूले ‘हामी कानुन बुझ्छौँ त्यसको पालना गर्छौँ’ भनेका छन् ।

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी उक्त प्रदर्शन आयोजना गर्न अनुमति दिइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको