Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

‘त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्’ :बालेन

Reporter

जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

आन्दोलनका क्रममा भएको घटनापछि मध्यराति आफ्नो फेसबुक स्टाटसमा मेयर साहले ओलीको आलोचनासहित लेखेका छन्।

‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्,’ उनले लेखेका छन् ।

साहले आफ्नो फेसबुक स्टाटसमा ह्यासट्याग #kpoliisterrorist पनि प्रयोग गरेका छन्। बालेनले आइतबारदेखि नै जेन–जीको आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको