Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालको शान्ति क्षेत्र प्रस्ताव फेरि अघि बढाउनुपर्छ : डा.बाबुराम भट्टराई

admin

baburam bhattarai

काठमाडौं, पुस-३० ।
तत्कालीन राजा वीरेन्द्र शाहले ४४ वर्षअघि बढाएको शान्ति क्षेत्र नेपालको प्रस्तावलाई नयाँ शक्ति पार्टी नेपालले दोहोर्‍याएको छ ।

नयाँ शक्ति पार्टीले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय खिचातानीबाट जोगाउन शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउनुपर्ने बताए ।

राजा वीरेन्द्रको पालामा लोकतन्त्रको अभावमा प्रस्ताव सफल नभएको भन्दै उनले राष्ट्रिय हीतका लागि शान्ति क्षेत्र आवश्यक रहेको बताए ।

भारत, चीन र अमेरिकासित अब देशको हीत र स्वार्थअनुसार सम्बन्ध सुधार्नुपर्ने भन्दै डा. भट्टराईले कसैसँग बढी नजिक हुन नहुने बताए ।

यी तीनओटा शक्ति देशहरुको रणनीतिमा नेपाल रहेकाले नेपालले सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे ।

सन् २०५० सम्ममा चीन विश्व शक्ति राष्ट्र हुने भएकाले अमेरिका भारतलाई आफ्नो साथमा लिएर चीन घेर्ने रणनीतिमा लागेको उनको दाबी थियो ।
(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको